पात्रो

रेडियो

समाचार खोजी

सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान :राष्ट्रसङ्घ

साझा अर्थ संवाददाता १५ वैशाख २०८३, मङ्गलवार
समाचार सारांश
  • अफगानिस्तानमा बालिका शिक्षा र महिला रोजगारीमा प्रतिबन्धका कारण सार्वजनिक सेवामा महिलाको गम्भीर अभाव भएको छ।
  • युनिसेफका अनुसार, यसै दशकको अन्त्यसम्ममा देशले २५,००० भन्दा बढी महिला शिक्षक र स्वास्थ्यकर्मी गुमाउन सक्नेछ।
  • रिपोर्टले अफगान सरकारलाई बालिकाको शिक्षामा लगाइएको प्रतिबन्ध तत्काल हटाउन र अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आह्वान गरेको छ।
This summary was generated by AI and has been editorially reviewed.

 

काठमाडौ :पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ । वालिका तथा केटीहरूको शिक्षा र महिलाको रोजगारीमा प्रतिबन्धका कारण सन् २०३० सम्ममा २५ हजार भन्दा बढी महिला शिक्षक र स्वास्थ्य कार्यकर्ता गुमाउने संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युनिसेफले चेतावनी दिएको छ ।

युनिसेफले अफगानीस्तानको पछिल्लो परिस्थितिलाई दोहोरो सङ्कटको रूपमा वर्णन गर्दै महिलाहरुलाई उच्च शिक्षामा बहिष्कारको विरुद्धमा कार्य गर्दै उनीहरूलाई शैक्षिक पहुँच बिहिन हुनुबाट रोकेको जनाएको छ ।

प्रतिवेदनका अनुसार चालु दशकको अन्त्य सम्ममा देशले २० हजार महिला शिक्षक र पाँच हजार चार सय स्वास्थ्यकर्मी गुमाउन सक्ने अनुमान गरिएको छ ।

 सन् २०२१ सेप्टेम्बरबाट अफगान सरकारले वालिकाहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाए पछि, १० लाख भन्दा बढी वालिकाहरु आफ्नो सिकाइ अधिकारबाट वञ्चित भएको युनिसेफले जनाएको छ । यदि यो प्रतिबन्ध सन् २०३० सम्म कायम रह्यो भने २० लाख भन्दा बढी बालिका प्राथमिक तहकै विद्यालय पहुँच भन्दा बाहिर रहने चेतावनी युनिसेफले जनाएको छ । 

अफगानिस्तानमा केटीहरूलाई हाल कक्षा–छ भन्दा माथिको शिक्षाको लागि प्रतिबन्ध लगाइएको भने महिलाहरूलाई अर्को सूचना नआए सम्म विश्वविद्यालयहरूमा उपस्थित हुन निषेध गरिएको छ ।

प्रतिवेदनले अफगान सरकारलाई केटीहरूको माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्ध तुरुन्तै हटाउन आग्रह गरेको छ , भने अन्तर्राष्ट्रिय समुदायलाई अफगान वालिकाहरूको शिक्षाको मौलिक अधिकारको सरक्षणमा सहयोग गर्न आह्वान गरेको छ।

29 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्