पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गर्न काँग्रेस तयार छ- सहमहामन्त्री राणा

साझा अर्थ संवाददाता १० माघ २०८२, शनिवार

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्बजनिक बहस गर्न काँग्रेस तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल र मिडियामा प्रधानमन्त्रीका उम्मेदवारबीच एक ठाउमा बहस हुनुपर्ने चर्चा भइरहेका बेला राणाले काँग्रेस यस्तो बहसका लागि तयार रहेको बताएका हुन् ।

उनले यसपटक सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेको बताउदै देश निर्माणमा उनीहरूका ठोस नीति, योजना र कार्यक्रम के कस्ता छन् ? अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासनको सवालमा उनीहरूको दृष्टिकोण के हो ? भन्ने यस्ता साझा बहसहरूले आमनागरिकलाई प्रधानमन्त्रीका उम्मेदवारहरूलाई नजिकबाट बुझ्ने अवसर दिनेछ र निर्वाचनमा मताधिकार प्रयोग गर्दा विवेकपूर्ण निर्णय गर्न थप सजिलो हुने बताएका छन् ।

उनले बहसले लोकतन्त्र बलियो हुन्छ, प्रश्नबाट कोहि नभागौं भन्दै यो बहसका लागि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ