पात्रो

रेडियो

समाचार खोजी

बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

साझा अर्थ संवाददाता १३ भदौ २०८२, शुक्रवार

काठमाडौंः सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सोमबारका मन्त्रिपरिषद बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । 
 राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन सरकारका प्रबक्ता पृथ्वी शुब्बा गुरुङले जानकारी दिनु भएको छ । समितिका अन्य सदस्यहरुमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहनु भएको छ । प्राधिकरणको अध्यक्षबाट शरद ओझालाई हटाइएपछि अध्यक्ष पद रिक्त रहेको छ ।

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु