पात्रो

रेडियो

समाचार खोजी

सबै क्षेत्रका कर्मचारी सामाजिक सुरक्षा कोषमा अनिवार्य

साझा अर्थ संवाददाता १९ वैशाख २०८२, शुक्रवार

काठमाडौ।सरकारले सबै क्षेत्रमा कार्यरत रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमाको दायरामा ल्याउने भएको छ।

सरकारले २०७६ मंसिर १ गतेबाट सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउदै आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा सबै क्षेत्रका कार्यरत रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोडिने उल्लेख गरिएको छ।

संस्था, कम्पनी वा फर्मको नवीकरणमा नै सामाजिक सुरक्षा कोषमा श्रमिकलाई आबद्धता गरेको विवरण अनिवार्य गर्ने सरकारले नीति लिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

 

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ