दोलखाः जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कार्की विजयी हुनु भएको छ । बुधबार सम्पन्न निर्वाचनमा बाबुराजा श्रेष्ठलाई पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
निर्वाचनमा कार्कीले ९२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ५१ मत प्राप्त गर्नु भएको थियो। संघकोआठौँ साधारणसभा तथा तेस्रो अधिवेशनअन्तर्गत भएको निर्वाचनमा कार्कीले ४१ मतान्तरले विजय हासिल गर्नु भएको हो ।
त्यस्तै, संघको प्रथम उपाध्यक्ष पदमा दलबहादुर श्रेष्ठ सर्वाधिक ११२ मत सहित विजयी हुनु भएको छ। उहाँका प्रतिद्वन्द्वी धुव्र न्यौपानेले ३० मत प्राप्त गर्नु भएको थियो।
महासचिव पदमा सुरज खड्का ८१ मतसहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी सुस्मा श्रेष्ठले ५८ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै, सचिव पदमा गोविन्द श्रेष्ठ ८६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी तेजस्वी बस्नेतले ५४ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि नै द्वितीय उपाध्यक्षमा शुमन शाही, कोषाध्यक्षमा दिपेन्द्र खड्का तथा सदस्यमा आङफुर्वा शेर्पा, जमुना घले जिरेल र सविना बस्नेत निर्विरोध निर्वाचित भईसक्नु भएको थियो ।