पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ कायम भएको छ।

साझा अर्थ संवाददाता ११ असार २०८३, बिहिवार
समाचार सारांश
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ५,२०० ले ठूलो गिरावट आएको छ।
  • सुनसँगै चाँदीको मूल्य पनि तोलामा रु २५० ले घटेको छ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, ११ असार 

नेपाली सुनचाँदी बजारमा आज असार  ११ गते सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी तेजाबी सुनको मूल्य पनि तोलामा ५ हजार २०० रुपैयाँले नै ओरालो लागेर प्रतितोला २ लाख ७७ हजार ६०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला २ लाख ८२ हजार ८०० रुपैयाँ रहेको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र गिरावट देखिएको छ। चाँदी तोलामा २५० रुपैयाँले घटेर प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा बिक्री भएको थियो।

63 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु