पात्रो

रेडियो

समाचार खोजी

नेप्से ३९ अंकले घट्यो, कारोबार रकम भने साढे ४ अर्बमाथि

साझा अर्थ संवाददाता २९ वैशाख २०८३, मङ्गलवार
समाचार सारांश
  • मंगलबार सेयर बजारमा करिब ४० अंकको तीव्र गिरावट आएको छ।
  • गिरावटका बाबजुद कारोबार रकम  (साढे ४ अर्बभन्दा बढी) रहनुले खरिद-बिक्री सक्रियता कायम रहेको जनाउँछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ। बिक्री चाप बढेपछि नेप्से परिसूचक ३९.४४ अंक अर्थात् १.४१ प्रतिशतले घटेर २,७४४.४० विन्दुमा झरेको हो।

परिसूचक घटे पनि कारोबार रकम भने उच्च रह्यो। मंगलबार १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा पछिल्ला दिनदेखि देखिएको उतारचढाव मंगलबार थप गहिरिएको हो। कारोबारको सुरुदेखि नै दबाबमा देखिएको बजार अन्तिम समयसम्म सम्हालिन नसक्दा नेप्से झण्डै ४० अंकले घटेको हो।

मंगलबार अधिकांश उपसमूह राताम्मे देखिएका छन्। यसले बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेको र अल्पकालीन सतर्कता बढेको संकेत गर्छ। यद्यपि, कारोबार रकम साढे ४ अर्ब रुपैयाँभन्दा माथि रहनुले बजारमा खरिद–बिक्रीको सक्रियता भने अझै कायम रहेको देखाउँछ।

बजार विश्लेषकहरूका अनुसार यस्तो गिरावटलाई केवल नकारात्मक संकेतका रूपमा मात्र हेर्न मिल्दैन। पछिल्लो उतारचढावबीच केही लगानीकर्ताले नाफा सुरक्षित गर्न खोजेको र नयाँ लगानीकर्ता भने थप स्पष्ट संकेतको प्रतीक्षामा रहेको देखिन्छ। आगामी कारोबार दिनमा बजारले २,७०० विन्दु आसपास कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषय लगानीकर्ताका लागि महत्त्वपूर्ण हुनेछ।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ