पात्रो

रेडियो

समाचार खोजी

निःशुल्क क्यान्सर परीक्षण

साझा अर्थ संवाददाता २८ मंसिर २०८२, आइतवार

दोलखा: दोलखाको मेलुङ गाउँपालिका, वडा नं. १, पवटीमा ३८० जना बालबालिकाको निःशुल्क क्यान्सर परीक्षण सम्पन्न भएको छ। शुक्रवार पवटीस्थित सत्यश्वर माविमा आयोजित बृहत् स्वास्थ्य शिविरमा १५ वर्षमुनिका बालबालिकाहरूको परीक्षण गरिएको हो।
 पवटी क्षेत्रका सातवटा विद्यालयका सम्पूर्ण बालबालिकाहरूका साथै विद्यालयबाहिरका बालबालिकाहरूले पनि शिविरमा स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रममा भाग लिएका थिए। आयोजक किवानी क्लब अफ धौलागिरीका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उत्तम विमलीका अनुसार, परीक्षण गरिएका कुनै पनि बालबालिकामा क्यान्सरको लक्षण नदेखिएको जानकारी प्राप्त भएको छ। यद्यपि, केही बालबालिकामा छाला, हड्डी तथा महिलासम्बन्धी सामान्य समस्याहरू भने देखिएका छन्।
स्वास्थ्य परीक्षणपछि रु २ लाख ५० हजार बराबरका २६ थरीका सामान्य औषधी तथा भिटामिन 'डी' वितरण गरिएको थियो।
शिविरको समापन समारोहमा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ प्रमुख अतिथिको रूपमा, उपाध्यक्ष गायत्री आचार्य, वडा नं. १ का वडाध्यक्ष इश्वर कोइराला, इन्टरनेसनल ट्रस्टी मोहन लम्साल, डिस्ट्रिक भाइस गभर्नर भरतप्रसाद ढुङ्गेल, डिभिजन ४ का एल टि गभर्नर बाबुराम गौतम लगायतको उपस्थिति रहेको थियो। मेडिकल टिमको तर्फबाट  शिविरमा भक्तपुर क्यान्सर अस्पतालका पूर्व निर्देशक तथा क्यान्सर विशेषज्ञ प्रा. डा. राजेन्द्र प्रसाद बरालको नेतृत्वमा ११ जना डाक्टर, नर्स तथा मेडिकल व्यवसायीको टोलीले सक्रिय सहभागिता जनाएको थियो। कार्यक्रमको सञ्चालन धौलागिरीका वर्तमान कोषाध्यक्ष प्रदीप भट्टले गर्नुभएको थियो।

466 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ