काठमाडौंः गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा पुष १४ गते बस्ने भएको छ । मंसिर १२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सो दिन साधारण सभा बस्ने भएको हो ।
साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, सो सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गन, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहर पारित गर्ने कार्यक्रम रहेको सञ्चालक समितिले जनाएको छ । साधारण सभा प्रयोजनकालागि कम्पनीले ंसिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने छ ।