पात्रो

रेडियो

समाचार खोजी

इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद थप्ने निर्णय गरिएमा राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ- भिम रावल

साझा अर्थ संवाददाता १८ मंसिर २०८२, बिहिवार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद थप्ने निर्णय गर्न लागिएको भन्दै विरोध गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले सुशिला कार्की नेतृत्वको सरकारले इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्: 

सुशीला कार्की नेतृत्वको  सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटोरसँग विगतमा भएको सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ। यस सम्झौताको जनताबाट चौतर्फी विरोध हुँदै आएको छ।

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ