पात्रो

रेडियो

समाचार खोजी

सानिगाड हाइड्रोकाे सर्व साधारणकालागि आईपीओ निष्कासन मिति परिवर्तन

साझा अर्थ संवाददाता १२ जेठ २०८३, मङ्गलवार

काठमाडौँ, १२ जेठ: सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको साधारण सेयर (आईपीओ) निष्कासनको मिति परिवर्तन गरेको छ। यसअघि जेठ १४ गतेदेखि बिक्री खुला गर्ने तयारी गरेको कम्पनीले सरकारले सो दिन बकर ईदको सार्वजनिक बिदा दिएपछि तालिका परिमार्जन गरेको हो।

लगातारको सार्वजनिक बिदाका कारण अब यो आईपीओ आगामी जेठ १८ गतेदेखि मात्रै निष्कासन हुनेछ। लगानीकर्ताहरूले छिटोमा जेठ २१ गतेसम्म यसमा आवेदन दिन सक्नेछन्।

कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ४६ लाख ७४ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि मेरो सेयर तथा सी-आस्वा सदस्य बैंक र वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। यस आयोजनाको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

802 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ