पात्रो

रेडियो

समाचार खोजी

सर्वसाधारणकालागि एभरेष्ट कलरको आइपीओ जेठ २२ गतेबाट खुल्ने

साझा अर्थ संवाददाता १० जेठ २०८३, आइतवार

काठमाडौः एभरेष्ट कलरको आइपीओ जेठ २२ गतेबाट खुल्ने भएको छ । सर्वसाधारणकालागि सो आइपीओ खुल्ने भएको हो । 
कम्पनीले यस अघि नैं बैदेशिक रोजगारीमा रहेका नेपालीहरुकोलागि आइपीओ निष्काशन तथा विक्री गरी शेयर बाँडफाँट गरिसकेको छ । 
कम्नीले जारी पूँजी ३० करोड को २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सो मध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको कम्पनलिे जनाएको छ । 
शेयर निश्काशन तथा विक्री छिटोमा जेठ २७ गते तथा ढिलोमा असार ५ गते बन्द हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ