पात्रो

रेडियो

समाचार खोजी

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसले कति पाए?

साझा अर्थ संवाददाता ६ जेठ २०८३, बुधवार

काठमाडौँ, ०६ जेठ: टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर आज ०६ जेठ २०८३ मा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको छ। गोलाप्रथामार्फत कुल २ लाख ५१ हजार ५ सय ४५ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तीमध्ये भाग्यमानी ५ जनाले थप १/१ कित्ता (कुल ११ कित्ता) सेयर हात पारेका छन्।

कम्पनीले सर्वसाधारणका लागि कुल २५ लाख १५ हजार ४ सय ५५ कित्ता सेयर निष्कासन गरेको थियो। यसमा २६ लाख ४ हजार ९ सय १० जना आवेदकबाट २ करोड ८८ लाख ११ हजार ९ सय ८० कित्ताका लागि आवेदन परेको थियो, जुन मागभन्दा ११ दशमलव ४५ गुणा बढी हो। मागभन्दा अत्याधिक आवेदन परेका कारण २३ लाख ५३ हजारभन्दा बढी लगानीकर्ताको हात खाली भएको छ।

649 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ