काठमाडौं: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १ गतेदेखि सर्वसाधारण व्यक्ति, कम्पनी तथा संघ-संस्थाहरूका लागि कुल ८४,५३७ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि खुला गरिएको अवधिमा आवेदन नपरेपछि संस्थाले यो प्रक्रिया अघि बढाएको हो।
यस लिलामीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले प्रतिशेयर न्यूनतम मूल्य ७१५ रुपैयाँलाई आधार मानी न्यूनतम १,००० कित्ताका लागि आगामी जेठ ८ गते बैंकिङ समयभित्र काठमाडौंको कमलपोखरीस्थित बिक्री प्रबन्धकको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। नेपाल राष्ट्र बैंकको नियम अनुसार तोकिएको सीमा भित्र रही अधिकतम सम्पूर्ण कित्ताका लागि समेत आवेदन दिन सकिने व्यवस्था छ।