काठमाडौंः बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड को हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मिति रहेेको छ । चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति रहेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । माघ २८ गतेसम्म शेयरधनी कायम भएकाहरुले हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । प्रदशेर बाँडफाँटपछी कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।